Orientation Program Update »

Orientation Program of NSA FY2075/76

यस बोर्डले स्थापनाकाल देखी लेखापरीक्षणमानहरुको विषयमा सचेतना दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएकोमा आ‍.व. २०७५/७६ मा पनि आन्तरिक राजश्व विभाग अन्तरगतका कार्यालयहरु (नयाँ बानेश्वर, ललितपुर १, भक्तपुर, चितवन, विराटनगर, पोखरा, बुटवल, सुर्खेत, धनगढी र जनकपुर) तथा यस बोर्डको सहकार्य र सहभागितामा नेपाल लेखापरीक्षणमान २०१८ (NSA) को सफल कार्यान्वयन गर्ने तथा नेपालको प्रचलित कर कानुन संग सम्बन्धित जानकारी लेखापरीक्षकहरु लगायत सम्बन्धित सरोकारवालाहरुलाई प्रदान गर्ने उदेश्यले Nepal Standards on Auditing 2018 विषयक २ दिने सचेतनामूलक अभिमूखिकरण कार्यक्रमहरु ७ वटै प्रदेश र उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरमा निम्न मितिमा संचालन गर्ने निधो गरेको थियो ।


क्र.सं          मिति                                                            स्थान

१          २०७५ चैत्र २९ र ३०                                               भक्तपुर

२         २०७६ बैशाख ६ र ७                                              बिराटनगर

३         २०७६ बैशाख १३ र १४                                            जनकपुर

४         २०७६ बैशाख २० र २१                                            चितवन

५         २०७६ बैशाख २७ र २८                                           पोखरा

        (पोखरा कार्यक्रम २०७६ बैशाख ३० र ३१ गते गरिएको)

६         २०७६ जेष्ठ ३ र ४                                                  बुटवल

        (वुटवल कार्यक्रम २०७६ जेष्ठ ५ र ६ गते गरिएको)

७         २०७६ जेष्ठ १० र ११                                               सुर्खेत

८         २०७६ जेष्ठ २४ र २५                                               धनगढी

९         २०७६ जेष्ठ ३१ र ३२                                              काठमाडाैं

१०        २०७६ असार १४ र १५                                          ललितपुर


दुई दिन ८ सेशनमा संचालन  हुने यस कार्यक्रमका सहभागीहरु चार्टर्ड एकाउन्टेन्ट, दर्तावाल लेखापरीक्षक, चार्टर्ड एकाउन्टेन्सी अध्ययनरत विद्यार्थीहरु र लेखापालनमा आवद्ध कर्मचारीहरु रहनेछन् ।


अभिमूखिकरण कार्यक्रमको विषयवस्तु 

Session I :

Opening &

-        Introduction of Auditing Standards Board

-        Formulation of International Standards

-        Formulation of Nepal Standards

-        Salient Features of Nepal Standards on Auditing 2018

-        Gap between NSA 2018 & 2012

Session II :

Theory Session: NSA 700, NSA 701, NSA 705, NSA 706, NSA 720

Session III :

Practical Session : NSA 700, NSA 701, NSA 705, NSA 706, NSA 720

Session IV :

NSA 200, NSA 210, NSA 220, NSA 230

Session V :

NSA 300, NSA 315, NSA 320, NSA 330

Session VI:

NSA 500, NSA 501,NSA 505, NSA 520, NSA 530

Session VII:

Introduction to NAS/NFRS & NFRS for SMEs

Session VIII:

Taxation & Tax Audit 


माथि उल्लेख गरिए बमोजिमको मिति र स्थानहरुमा आन्तरिक राजश्व विभाग र लेखापरीक्षणमान बोर्डको संयुक्त आयोजनामा सम्पन्न भएका कार्यक्रमहरुको  विवरण निम्नानुसार उल्लेख गरिएको छ :


१. पहिलो अभिमूखिकरण कार्यक्रम (भक्तपुर)
आन्तरिक राजश्व विभाग अन्तर्गत आन्तरिक राजश्व कार्यालय, भक्तपुर र लेखापरीक्षणमान बोर्डको संयुक्त आयोजनामा Nepal Standards on Auditing 2018 विषयक दुई दिने अभिमूखीकरण कार्यक्रम मिति २०७५ चैत्र २९ र ३० गते होटल हेरिटेज, भक्तपुरमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको समुदघाटनमा लेखापरीक्षणमानबोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय, भक्तपुरका प्रमुख कर अधिकृत श्री सूर्य प्रसाद पोखरेल, लेखापरीक्षणमान बोर्डका सदस्यहरु श्री विनय प्रकाश श्रेष्ठ, श्री टेकनाथ आचार्य र श्री राम प्रवोध साह तथा अडान भक्तपुर जिल्लाका अध्यक्ष श्री हिरारत्न बज्राचार्यको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको समुद्घाटनमा अडान भक्तपुर जिल्लाका अध्यक्ष श्री हिरारत्न बज्राचार्यले स्वागत मन्तव्य दिनुभएको थियो त्यसै गरि आन्तरिक राजस्व कार्यालय, भक्तपुरका प्रमुख कर अधिकृत श्री सूर्य प्रसाद पोखरेल कार्यक्रमका सम्बन्धमा प्रकाश पार्नु भएको थियो भने लेखापरीक्षणमानबोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले कार्यक्रमको औचित्य बारे स्पष्ट पार्नु भएको थियो । सो कार्यक्रममा ५ जना श्रोत व्यक्तिहरुले ८ शेशनमा आफ्नो प्रस्तुतीकरण मार्फत सहभागिहरुलाई सचेतना प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको समापन समारोहमा आन्तरिक राजश्व विभागका महानिर्देशक श्री विष्णु प्रसाद नेपालको उपस्थिति रहेको थियो । उहाँले कार्यक्रमबाट सहभागीहरुले उदेश्य अनुसारको लाभ प्राप्त गरेकोमा विश्वास राख्दै सिकेका कुरालाई व्यवहारमा लागू गर्न र लेखापरीक्षकहरुलाई आफ्नो कार्यक्षेत्र नाघेर कार्य नगर्नका लागी समेत सुझाव दिनुभएको थियो । ६१ जना नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्यहरु, ७ जना पेशागत लेखाव्यवसायीहरु र २ जना आन्तरिक राजश्व कार्यालय, भक्तपुरका कर्मचारीहरु गरी कूल ७० जनाले सहभागिता जनाएकोे उक्त कार्यक्रमको अन्त्यमा आन्तरिक राजश्व विभागका महानिर्देशक श्री विष्णु प्रसाद नेपाल र लेखारीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रमको व्यवस्थापनका लागि लेखापरीक्षणमान बोर्डमा प्रशासकिय अधिकृत श्री सुनिल घिमिरे र लेखापाल श्री रुपेश काफ्लेका साँथै आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले समेत सहयोग गर्नु भएको थियो 

भक्तपुरमा  सम्पन्न अभिमूखिकरण कार्यक्रमका केही झलकहरु 

1

2

3

 

 

 

 

  

 

4५६


२. दोश्रो अभिमूखिकरण कार्यक्रम (विराटनगर) 

आन्तरिक राजश्व विभाग अन्तर्गत आन्तरिक राजश्व कार्यालय, विराटनगर र लेखापरीक्षणमान बोर्डको संयुक्त आयोजनामा Nepal Standards on Auditing 2018 विषयक दुई दिने अभिमूखीकरण कार्यक्रम मिति २०७५ बैशाख ६ र ७ गते हाेटल स्वागतम, विराटनगरमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको समुदघाटनमा लेखापरीक्षणमानबोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत श्री दिलिप कुमार गौतम, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष जगन्नाथ उपाध्याय (निराैला), नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व पार्षद श्री मोहन कुमार सुवेदी, मोरङ्ग जिल्लाका अडान अध्यक्ष श्री फडिन्द्र प्रसाद पराजुलीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सभापति, लेखापरीक्षणमान बोर्डका अध्यक्ष, आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व पार्षद, र मोरङ्ग जिल्लाका अडान अध्यक्ष लगायतका महानुभावहरुले कार्यक्रमका महत्वका सम्बन्धमा प्रकाश पार्दै स्वागत मन्तव्य दिनुभएको थियो । सो कार्यक्रममा ३ जना श्रोत व्यक्तिहरुले ८ शेशनमा आफ्नो प्रस्तुतीकरण मार्पmत सहभागिहरुलाई सचेतना प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको समापन समारोहमा आन्तरिक राजश्व विभागका उप महानिर्देशक श्री यज्ञ प्रसाद ढुङ्गेलको उपस्थिति रहेको थियो । उहाँले कार्यक्रमबाट सहभागीहरुले अभिमूखिकरण कार्यक्रमबाट सिकेका कुराहरुबाट काम गर्न सघाउ पुगेकोमा विश्वास गर्नु भएको थियो । ७८ जनाले सहभागिता जनाएकोे उक्त कार्यक्रमको अन्त्यमा आन्तरिक राजश्व विभागका उप महानिर्देशक श्री यज्ञ प्रसाद ढुङ्गेल र लेखारीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रमको व्यवस्थापनका लागि लेखापरीक्षणमान बोर्डमा प्रशासकिय अधिकृत श्री सुनिल घिमिरे र लेखापाल श्री रुपेश काफ्लेका साँथै आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले समेत सहयोग गर्नु भएको थियो ।

विराटनगरमा सम्पन्न अभिमूखिकरण कार्यक्रमका केही झलकहरु 
७८
९१०1112

३. तेश्रो अभिमूखिकरण कार्यक्रम (जनकपुर)
आन्तरिक राजश्व विभाग अन्तर्गत आन्तरिक राजश्व कार्यालय, जनकपुर र लेखापरीक्षणमान बोर्डको संयुक्त आयोजनामा Nepal Standards on Auditing 2018 विषयक दुई दिने अभिमूखीकरण कार्यक्रम मिति २०७५ बैशाख १३ र १४ गते होटल वेलकम, जनकपुरमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको समुदघाटनमा लेखापरीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय, जनकपुरका प्रमुख कर अधिकृत श्री जय बहादुर भण्डारी, धनुषा जिल्लाका अडान अध्यक्ष श्री अमरनाथ साह, अडानका केन्द्रिय सदस्य श्री सोभाकान्त झा को उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा लेखापरीक्षणमान बोर्डका अध्यक्ष, आन्तरिक राजस्व कार्यालय, जनकपुरका प्रमुख कर अधिकृत, अडानका केन्द्रिय सदस्य र धनुषा जिल्लाका अडान अध्यक्ष लगायतका महानुभावहरुले कार्यक्रमका महत्वका सम्बन्धमा प्रकाश पार्दै आफ्नो मन्तव्य दिनुभएको थियो । सो कार्यक्रममा ३ जना श्रोत व्यक्तिहरुले ८ शेशनमा आफ्नो प्रस्तुतीकरण मार्पmत सहभागिहरुलाई सचेतना प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको समापन समारोहमा आन्तरिक राजश्व विभागका उप महानिर्देशक श्री झलकराम अधिकारीको उपस्थिति रहेको थियो । उहाँले कार्यक्रमबाट सहभागीहरुले पाएको ज्ञान र सिकेका कुराहरुबाट काम गर्न सघाउ पुग्नेमा विश्वास गर्नु भएको थियो । ६८ जनाले सहभागिता जनाएकोे उक्त कार्यक्रमको अन्त्यमा आन्तरिक राजश्व विभागका उप महानिर्देशक श्री झलकराम अधिकारी र लेखारीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रमको व्यवस्थापनका लागि लेखापरीक्षणमान बोर्डमा प्रशासकिय अधिकृत श्री सुनिल घिमिरे र लेखापाल श्री रुपेश काफ्लेका साँथै आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले समेत सहयोग गर्नु भएको थियो ।

जनकपुरमा सम्पन्न अभिमूखिकरण कार्यक्रमका केही झलकहरु 

 131414

161718


४. चौथो अभिमूखिकरण कार्यक्रम (चितवन)
आन्तरिक राजश्व विभाग अन्तर्गत आन्तरिक राजश्व कार्यालय, चितवन र लेखापरीक्षणमान बोर्डको संयुक्त आयोजनामा Nepal Standards on Auditing 2018 विषयक दुई दिने अभिमूखीकरण कार्यक्रम मिति २०७६ बैशाख २० र २१ गते होटल रोयल सेन्चुरी, चितवनमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको समुदघाटनमा लेखापरीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय,चितवनका प्रमुख कर अधिकृत श्री सुव प्रसाद रिजाल, लेखामान बोर्डका अध्यक्ष श्री महेश खनाल, लेखापरीक्षणमान बोर्डका सदस्य श्री सूर्य प्रसाद अधिकारी, चितवन जिल्लाका अडान अध्यक्ष श्री ढाकानन्द पौडेल,अडान केन्द्रिय सदस्यहरु श्री रामजी अधिकारी र श्री केशव पौडेलको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा लेखापरीक्षणमान बोर्डका अध्यक्ष, आन्तरिक राजस्व कार्यालय, चितवनका प्रमुख कर अधिकृत, लेखापरीक्षणमान बोर्डका सदस्य, अडानका केन्द्रिय सदस्यहरु र चितवन जिल्लाका अडान अध्यक्ष लगायतका महानुभावहरुले कार्यक्रमका महत्वका सम्बन्धमा प्रकाश पार्दै आफ्नो मन्तव्य दिनुभएको थियो । सो कार्यक्रममा ३ जना श्रोत व्यक्तिहरुले ८ शेशनमा आफ्नो प्रस्तुतीकरण मार्फत सहभागिहरुलाई सचेतना प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको समापन समारोहमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री सुव प्रसाद रिजालको उपस्थिति रहेको थियो । उहाँले कार्यक्रमबाट सहभागीहरुले पक्कै फाइदा पाएकोमा विश्वास व्यक्त गर्नु भएको थियो । ८४ जनाले सहभागिता जनाएकोे उक्त कार्यक्रमको अन्त्यमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री सुव प्रसाद रिजालले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रमको व्यवस्थापनका लागि लेखापरीक्षणमान बोर्डमा प्रशासकिय अधिकृत श्री सुनिल घिमिरे र लेखापाल श्री रुपेश काफ्लेका साँथै आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले समेत सहयोग गर्नु भएको थियो ।

चितवनमा सम्पन्न अभिमूखिकरण कार्यक्रमका केही झलकहरु 

११५१११११२११३११४


५. पाँचौ अभिमूखिकरण कार्यक्रम (पोखरा)
आन्तरिक राजश्व विभाग अन्तर्गत आन्तरिक राजश्व कार्यालय, कास्की र लेखापरीक्षणमान बोर्डको संयुक्त आयोजनामा Nepal Standards on Auditing 2018 विषयक दुई दिने अभिमूखीकरण कार्यक्रम मिति २०७६ बैशाख ३० र ३१ गते अतिथि रिसोर्ट, लेकसाईड, पोखरामा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको समुदघाटनमा लेखापरीक्षणमानबोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय, कास्कीका प्रमुख कर अधिकृत श्री केशव कुमार उप्रेती, कार्यक्रमका श्रोत व्यक्ति लब कुमार खत्री, अडानका केन्द्रिय उपाध्यक्ष केश बहादुर के.सी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, पोखरा शाखाका संयोजक श्री लक्ष्मण अधिकारी, अडान कास्कीका जिल्लाका अध्यक्ष श्री रुद्रनाथ पौडेलको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको समुद्घाटनमा आन्तरिक राजस्व कार्यालय, कास्कीका प्रमुख कर अधिकृत श्री केशव कुमार उप्रेतीले स्वागत मन्तव्य दिनुभएको थियो त्यसै गरि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, पोखरा शाखाका संयोजक श्री लक्ष्मण अधिकारी, अडानका केन्द्रिय उपाध्यक्ष केश बहादुर के.सीले सुभकामना मन्तव्य दिनु भएको थियो भने लेखापरीक्षणमानबोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले धन्यवाद ज्ञापनका साँथमा कार्यक्रमको उपादयताका सम्बन्धमा आफ्नो भनाईहरु राख्नु भएको थियो । सो कार्यक्रममा ३ जना श्रोत व्यक्तिहरुले ८ शेशनमा आफ्नो प्रस्तुतीकरण मार्पmत सहभागिहरुलाई सचेतना प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको समापन समारोहमा आन्तरिक राजश्व विभागका महानिर्देशक श्री विष्णु प्रसाद नेपालको उपस्थिति रहेको थियो । उहाँले आफ्नो मन्तव्यमा अन्तराष्ट्रिय स्तरमा विकास भएका लेखापरीक्षणमानहरुलाई अवलम्वन गरि लेखा राख्ने तवर तरिकामा एकरुपता ल्याउन सकियोस् भन्नका लागी यो कार्यक्रम ल्याईएको र यस्ता खालका कार्यक्रमबाट सहभागीहरुले उदेश्य अनुसारको लाभ प्राप्त गरेकोमा विश्वास समेत राख्नुभयो । कार्यक्रमबाट सिकेका कुराहरुबाट लेखापरीक्षकहरुको Quality Enhance भई Audited File मा कार्यक्रमबाट सिकेका कुराहरुकाे सार्थकता देखिनु पर्ने र लेखापरीक्षकहरुलाई नहुने, नमिल्ने, गर्न नहुने कुराहरुमा आफ्नो कार्यक्षेत्र नाघेर कार्य नगर्नका लागी समेत आग्रह दिनुभएको थियो । ६१ जनाले सहभागिता जनाएकोे उक्त कार्यक्रमको अन्त्यमा आन्तरिक राजश्व विभागका महानिर्देशक श्री विष्णु प्रसाद नेपाल र लेखारीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रमको व्यवस्थापनका लागि लेखापरीक्षणमान बोर्डमा प्रशासकिय अधिकृत श्री सुनिल घिमिरे र लेखापाल श्री रुपेश काफ्लेका साँथै आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले समेत सहयोग गर्नु भएको थियो

पाेखरामा सम्पन्न अभिमूखिकरण कार्यक्रमका केही झलकहरु 


६. छैठौ अभिमूखिकरण कार्यक्रम (बुटवल)
आन्तरिक राजश्व विभाग अन्तर्गत आन्तरिक राजश्व कार्यालय, बुटवल र लेखापरीक्षणमान बोर्डको संयुक्त आयोजनामा Nepal Standards on Auditing 2018 विषयक दुई दिने अभिमूखीकरण कार्यक्रम मिति २०७६ जेष्ठ ४ र ५ गते क्लब डेनोभो, बुटवलमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको समुदघाटनमा लेखापरीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठ, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व सभापती तथा लेखापरीक्षणमान बोर्डका पूर्व अध्यक्ष श्री सुनिर कुमार ढुङ्गेल, आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत श्री अर्जुन ढकाल, अडान रुपन्देहीका अध्यक्ष श्री नारायण प्रसाद घिमिरे, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, रुपन्देही च्याप्टरका पूर्व संयोजक श्री रुपेश महेश्वरीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको समुदघाटन समारोहमा लेखापरीक्षणमान बोर्डका अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व सभापती तथा लेखापरीक्षणमान बोर्डका पूर्व अध्यक्ष, आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत र रुपन्देही जिल्लाका अडान अध्यक्ष लगायतका महानुभावहरुले कार्यक्रमको महत्वका सम्बन्धमा प्रकाश पार्दै आफ्नो मन्तव्य दिनुभएको थियो । सो कार्यक्रममा ३ जना श्रोत व्यक्तिहरुले ८ शेशनमा आफ्नो प्रस्तुतीकरण मार्पmत सहभागिहरुलाई सचेतना प्रदान गर्नु भएको थियो । ६१ जनाले सहभागिता जनाएकोे उक्त कार्यक्रमको अन्त्यमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री अर्जुन ढकाल र लेखारीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रमको व्यवस्थापनका लागि लेखापरीक्षणमान बोर्डमा प्रशासकिय अधिकृत श्री सुनिल घिमिरे र लेखापाल श्री रुपेश काफ्लेका साँथै आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले समेत सहयोग गर्नु भएको थियो ।

वुटवलमा सम्पन्न अभिमूखिकरण कार्यक्रमका केही झलकहरु 


७. सातौ अभिमूखिकरण कार्यक्रम (सुर्खेत)
आन्तरिक राजश्व विभाग अन्तर्गत आन्तरिक राजश्व कार्यालय, सुर्खेत र लेखापरीक्षणमान बोर्डको संयुक्त आयोजनामा Nepal Standards on Auditing 2018 विषयक दुई दिने अभिमूखीकरण कार्यक्रम मिति २०७६ जेष्ठ १० र ११ गते सिद्धार्थ सन्नी रिसोर्ट,बिरेन्द्रनगर, सुर्खेतमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको समुदघाटनमा लेखापरीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठ,बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट्स तथा कार्यक्रमका श्रोत व्यक्ति श्री गोपाल कुमार श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय, सूर्खेतका प्रमुख कर अधिकृत श्री भूमिराम शर्मा, अडान सूर्खेतका अध्यक्ष श्री दिप बहादुर रावल, अडान केन्द्रिय कार्यसमितिका क्षेत्रिय उपाध्यक्ष श्री हिमालय खत्रीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको समुदघाटन समारोहमा लेखापरीक्षणमान बोर्डका अध्यक्ष, आन्तरिक राजस्व कार्यालय, सुर्खेतका  प्रमुख कर अधिकृत र सुर्खेत जिल्लाका अडान अध्यक्ष लगायतका महानुभावहरुले कार्यक्रमको औचित्य र आवश्यकताका सम्बन्धमा प्रकाश पार्दै आफ्नो मन्तव्य दिनुभएको थियो । सो कार्यक्रममा ३ जना श्रोत व्यक्तिहरुले ८ शेशनमा आफ्नो प्रस्तुतीकरण मार्फत सहभागिहरुलाई सचेतना प्रदान गर्नु भएको थियो । ४४ जनाले सहभागिता जनाएकोे उक्त कार्यक्रमको समापन समारोहमा सहभागीहरुको तर्फबाट रजिष्टर्ड अडिटर श्रीमति योगमाया धमला र चार्टर्ड एकाउन्टेन्ट्स श्री छविलाल आचार्य र श्री लिलाधर तिवारीले कार्यक्रमको उपलव्धीका सम्बन्धमा आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री भूमिराम शर्मा र लेखारीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृतले आफ्नो छोटो मन्तव्य दिइसकेपश्चात लेखापरीक्षणमान बोर्डका अध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो । उक्त कार्यक्रमको व्यवस्थापनका लागि लेखापरीक्षणमान बोर्डमा प्रशासकिय अधिकृत श्री सुनिल घिमिरे र लेखापाल श्री रुपेश काफ्लेका साँथै आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले समेत सहयोग गर्नु भएको थियो ।

 सुर्खेतमा सम्पन्न अभिमूखिकरण कार्यक्रमका केही झलकहरु

sssssssssssssssss

 ८. आठौ अभिमूखिकरण कार्यक्रम (धनगढी)
आन्तरिक राजश्व विभाग अन्तर्गत आन्तरिक राजश्व कार्यालय, धनगढी र लेखापरीक्षणमान बोर्डको संयुक्त आयोजनामा Nepal Standards on Auditing 2018 विषयक दुई दिने अभिमूखीकरण कार्यक्रम मिति २०७६ जेष्ठ २४ र २५ गते साथी होटल ,धनगढी, कैलालीमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको समुदघाटनमा प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय झपड बहादुर बोहरा, लेखापरीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठ,बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट्स तथा कार्यक्रमका श्रोत व्यक्ति श्री गोपाल कुमार श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय, धनगढीका प्रमुख कर अधिकृत श्री गोविन्द प्रसाद अधिकारी, अडान केन्द्रिय सदस्य श्री पदमराज शर्माज्यू र अडान कैलाली जिल्लाका अध्यक्ष श्री चेतराज ओझाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको समुदघाटन समारोहमा प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय झपड बहादुर बोहरा, लेखापरीक्षणमान बोर्डका अध्यक्ष, आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत, कार्यक्रमका श्रोत व्यक्ति श्री गोपाल कुमार श्रेष्ठ, अडान केन्द्रिय सदस्य श्री पदमराज शर्मा र सुर्खेत जिल्लाका अडान अध्यक्ष लगायतका महानुभावहरुले कार्यक्रमको औचित्य र आवश्यकताका सम्बन्धमा प्रकाश पार्दै आफ्नो मन्तव्य दिनुभएको थियो । सो कार्यक्रममा ३ जना श्रोत व्यक्तिहरुले ८ शेशनमा आफ्नो प्रस्तुतीकरण मार्फत सहभागिहरुलाई सचेतना प्रदान गर्नु भएको थियो । ५४ जनाले सहभागिता जनाएकोे उक्त कार्यक्रमको समापन समारोहमा सहभागीहरुको तर्फबाट रजिष्टर्ड अडिटर श्रीमति जानकी कुमारी तुलाधर र चार्टर्ड एकाउन्टेन्ट्स श्री चिरन्जिवी पाठकले कार्यक्रमको उपलव्धीका सम्बन्धमा आफ्ना भनाईहरु राख्नु भएको थियो । अन्त्यमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री गोविन्द प्रसाद अधिकारी र लेखारीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृतले आफ्नो छोटो मन्तव्य दिइसकेपश्चात लेखापरीक्षणमान बोर्डका अध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो । उक्त कार्यक्रमको व्यवस्थापनका लागि लेखापरीक्षणमान बोर्डमा प्रशासकिय अधिकृत श्री सुनिल घिमिरे र लेखापाल श्री रुपेश काफ्लेका साँथै आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले समेत सहयोग गर्नु भएको थियो ।

 धनगढीमा सम्पन्न अभिमूखिकरण कार्यक्रमका केही झलकहरु

 

९. नवौ अभिमूखिकरण कार्यक्रम (काठमाण्डौ)
आन्तरिक राजश्व विभाग अन्तर्गत आन्तरिक राजश्व कार्यालय, नयाँ बानेश्वर र लेखापरीक्षणमान बोर्डको संयुक्त आयोजनामा Nepal Standards on Auditing 2018 विषयक दुई दिने अभिमूखीकरण कार्यक्रम मिति २०७६ जेष्ठ ३१ गते कृष्णभोग पार्टि प्यालेस, मध्य वानेश्वर र ३२ गते इन्द्रेणी फुडल्याण्ड,नयाँ बानेश्वरमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको समुदघाटनमा लेखापरीक्षणमानबोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय, नयाँ वानेश्वरका प्रमुख कर अधिकृत श्री लाल प्रसाद शर्मा (पंगेनी) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व पार्षद तथा अडान उपमहासचिव श्री गणेश राज राई को उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको समुद्घाटनमा आन्तरिक राजस्व कार्यालय, नयाँ वानेश्वरका प्रमुख कर अधिकृत श्री लाल प्रसाद शर्मा (पंगेनी)ले स्वागत मन्तव्य दिनुभएको थियो त्यसै गरि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व पार्षद तथा अडान उपमहासचिव श्री गणेश राज राईले महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा कार्यक्रम आयोजकलाई धन्यवाद ज्ञापनका साँथमा आफ्नो मन्तव्य दिनु भएको थियो भने लेखापरीक्षणमानबोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले कार्यक्रमको औचित्य बारे स्पष्ट पार्नु भएको थियो । सो कार्यक्रममा ६ जना श्रोत व्यक्तिहरुले ८ शेशनमा आफ्नो प्रस्तुतीकरण मार्फत सहभागिहरुलाई सचेतना प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको समापन समारोहमा आन्तरिक राजश्व विभागका महानिर्देशक श्री विष्णु प्रसाद नेपालको उपस्थिति रहेको थियो । उहाँले कार्यक्रमबाट सहभागीहरुले सिकेका कुरालाई व्यवहारमा लागू गर्न र लेखापरीक्षकहरुलाई आफ्नो पेशालाई मर्यादित बनाउनका लागी समेत सुझाव दिनुभएको थियो । ६८ जनाले सहभागिता जनाएकोे उक्त कार्यक्रमको अन्त्यमा आन्तरिक राजश्व विभागका महानिर्देशक श्री विष्णु प्रसाद नेपाल र लेखारीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने लेखापरीक्षणमान बोर्डका अध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो । उक्त कार्यक्रमको व्यवस्थापनका लागि लेखापरीक्षणमान बोर्डमा प्रशासकिय अधिकृत श्री सुनिल घिमिरे र लेखापाल श्री रुपेश काफ्लेका साँथै आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले समेत सहयोग गर्नु भएको थियो ।

 काठमाण्डाै‌मा सम्पन्न अभिमूखिकरण कार्यक्रमका केही झलकहरु

 

१०. दशाै अभिमूखिकरण कार्यक्रम (ललितपुर)
आन्तरिक राजश्व विभाग अन्तर्गत आन्तरिक राजश्व कार्यालय, ललितपुर १ र लेखापरीक्षणमान बोर्डको संयुक्त आयोजनामा Nepal Standards on Auditing 2018 विषयक दुई दिने अभिमूखीकरण कार्यक्रम मिति २०७६ असार १४ र १५ गते होटल अगेनो,धोविघाट,ललितपुरमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको समुदघाटनमा प्रमुख अतिथिको रुपमा ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासक श्री धनिराम शर्मा , विशेष अतिथिको रुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष श्री जगन्नाथ उपाध्याय (निरौला), अतिथिको रुपमा आन्तरिक राजस्व कार्यालय, ललितपुर २ का प्रमुख कर अधिकृत श्री डिलाराम सापकोटा, आन्तरिक राजस्व कार्यालय, त्रिपुरेश्वरका प्रमुख कर अधिकृत श्री शरद निरौला, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पार्षद श्री बहादुर सिंह बिस्ट र आयोजकको तर्फबाट आन्तरिक राजस्व कार्यालय, ललितपुर १ का प्रमुख कर अधिकृत श्री लाल बहादुर खत्री,लेखापरीक्षणमानबोर्डका सदस्यहरु श्री महेश्वर काफ्ले, श्री टेकनाथ आचार्य र श्री विनय प्रकाश श्रेष्ठको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको समुद्घाटनमा आन्तरिक राजस्व कार्यालय, ललितपुरका प्रमुख कर अधिकृत श्री लाल बहादुर खत्रीले स्वागत मन्तव्य दिनुभएको थियो त्यसै गरि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष श्री जगन्नाथ उपाध्याय (निरौला) ले महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा कार्यक्रम आयोजकलाई धन्यवाद ज्ञापनका साँथमा आफ्नो मन्तव्य दिनु भएको थियो त्यसैगरी ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासक तथा कार्यक्रमका प्रमुख अतिथि श्री धनिराम शर्माले मन्तव्यका साँथमा कार्यक्रमको सफलताको सुभकामना दिनुभयो भने लेखापरीक्षणमानबोर्डका सदस्य श्री टेकनाथ आचार्यले समुदघाटन समारोहमा उपस्थित सवै महानुभावहरुलाई धन्यवाद ज्ञापनका साँथमा आफ्नो मन्तव्य दिनु भएको थियो । सो कार्यक्रममा ५ जना श्रोत व्यक्तिहरुले ८ शेशनमा आफ्नो प्रस्तुतीकरण मार्पmत सहभागिहरुलाई सचेतना प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको समापन समारोहमा आन्तरिक राजश्व विभागका महानिर्देशक श्री विष्णु प्रसाद नेपालको उपस्थिति रहेको थियो । उहाँले कार्यक्रमबाट सहभागीहरुले २ दिने कार्यक्रममा नयाँ संशोधित लेखापरीक्षणमानहरु र करका सम्बन्धमा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न र लेखापरीक्षकहरुलाई लेखा तथा लेखापरीक्षण प्रणालीमा स्पष्टता ल्याउन आफ्नो प्रष्ट विचार राखी पेशागत मर्यादा कायम गर्नका लागी समेत सुझाव दिनुभएको थियो । ७७ जनाले सहभागिता जनाएकोे उक्त कार्यक्रमको अन्त्यमा आन्तरिक राजश्व विभागका महानिर्देशक श्री विष्णु प्रसाद नेपाल र लेखारीक्षणमान बोर्डका अध्यक्ष श्री अनुप कुमार श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने लेखापरीक्षणमान बोर्डका अध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो । उक्त कार्यक्रमको व्यवस्थापनका लागि लेखापरीक्षणमान बोर्डमा प्रशासकिय अधिकृत श्री सुनिल घिमिरे र लेखापाल श्री रुपेश काफ्लेका साँथै आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले समेत सहयोग गर्नु भएको थियो ।

  ललितपुरमा सम्पन्न अभिमूखिकरण कार्यक्रमका केही झलकहरु



This site as been visited 286895 times since August, 2014.